माओवादीको समानुपातिक सूचीमा बाबुरामतर्फका ५ जना पनि
२०७९ असोज ३ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे समानुपातिकतर्फको बन्दसूचीमा बाबुराम भट्टराई तर्फका ५ जना नेताकाे नाम पनि परेकाे छ ।
बन्दसूची बुझाउन निर्वाचन आयोगमा पुगेका उपमहासचिव बर्षमान पुनका अनुसार प्रतिनिधि सभामा ११० जनाको समानपातिक सूची तयार भएकाे छ ।
उक्त सूचीमा ५ जना डा. बाबुराम भट्टराईतर्फका समेत रहेकाे उनले बताए । भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । उनी माओवादीको चुनाव चिह्नबाट प्रत्यक्षतर्फ उम्मेदवार हुनेछन् ।
२०७९ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित








