असोज २ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असोज ०१, २०७९ । ई.सं. १७ अक्टाेबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ ञलगा । नल दक्षिणायन शरद । आइतबार आश्विन कृष्णपक्ष । तिथि- अष्टमी, १६:३८ बजे उप्रान्त नवमी । नक्षत्र- मृगशिरा, १६:३२ बजे उप्रान्त आर्द्रा । योग- सिद्धि, ९:०८ बजे उप्रान्त व्यतीपात । करण- कौलव १६:३८ बजेदेखि तैतिल, २९:३६ बजे उप्रान्त वणिज । चन्द्रराशि मिथुन । आनन्दादि योग सौम्य । दिनमान ३०।३३ । सूर्योदय ५:५० । सूर्यास्त १८:०४ । अष्टमीश्राद्ध, जितियापर्व, गोरखकालीपूजा, जीवतपुत्रीकाव्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजागर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =