नेकपा (एस)को समानुपातिक बन्दसूची : अवसर नपाएकालाई प्राथमिकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उम्मेदवारहरूको बन्दसूची मापदण्ड तय गरेको छ ।

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूचीका मापदण्ड तय गरेको हो ।

जसअनुसार पार्टीले हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोराएर अहिलेको बन्दसूचीमा नराख्ने भएको हो ।

त्यस्तै स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराख्ने महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।

भुसालका अनुसार विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने तथा सम्बन्धित क्लष्टरको वरिष्ठलाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =