नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रदर्शनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताए ।

उनले सरकारले कसैलाई पनि पक्षपात नगरी खेलको विकासमा लागि धारणा राखे ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो ।

ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *