नेपाल टी-२० लिगको मिति सर्यो

काठमाडौँ । नेपाल टी-२० लिगको मिति सरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी-२० लिगको मिति सरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगको मिति सारिएको हो । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेको थियो । लिगको नयाँ मिति भने सार्वजनिक भएको छैन ।

लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ ।

प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *