महाभियोग सिफारिस समितिको बैठक सर्‍यो 

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक सरेको छ । बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको हो ।

बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बोलाइएकोमा उनीहरूले नआउने भनेपछि बैठक दिउँसो बस्ने गरी सारिएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । उनकाअनुसार १ बजे पूर्वन्यायाधीशहरु र दिउँसो ३ बजे वकिलहरूलाई बोलाइएको छ ।

बैठकमा जबराले नाम लिएका बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरू पनि सहभागी हुनेछन् । त्यसका लागि महाभियोग सिफारिस समितिले हिजै पत्राचार गरिसकेको थियो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टीकरणका लागि बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =