नाडा इभी एक्सपोमा सहभागी हुन अनलाइनबाट टिकट लिन मिल्ने 

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ अवलोकन गर्न अनलाइनबाट टिकट लिन पाइने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी नाडाको इभि एक्सपो समितिले यस्तो जनाकारी गराएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा ६ असोजदेखि ९ असोजसम्म सञ्चालन हुने उक्त एक्स्पोलाई व्यवस्थित बनाउन तथा प्रदर्शनी स्थलमा भिड–भाड कम यस्तो व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आगन्तुकको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा डिजिटल पेमेन्ट द्वारा २५ प्रतिशत क्यास ब्याकको अफरसमेत रहेको जनाइएको छ ।
विद्युतीय सवारी मेलामा ५१ वटा स्टल रहने समितिका सभापति अनुपकुमार बरालले जानकारी दिए । मेलामा ९ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्ट–पूर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाको सहभागिता रहने छ ।
समितिका अनुसार एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टलहरू रहने छन् । एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।
एक्सपाेमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि फायर सेफ्टी सपोर्टको रूपमा हिटको प्रालि रहेको छ । वातावरण एवं इभी सम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्न युएसएड क्लिन एयरले ३ दिनसम्म इभी चौतारी नामक गोष्ठी सञ्चालन गर्ने भएको छ । अवलोकनकर्तालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने छ ।
४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकले अवलोकन गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ । मेलाले अटो व्यवसाय, विद्युतीय सवारीप्रति जनचेतना वृद्धि गर्ने र व्यवसायीमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *