जावा माेटरसाइकलले ल्यायाे दशैं अफर

काठमाडाैँ । जावा मोटरसाइकलले दशैँ तिहारको अवसरमा नयाँ ग्राहकहरूका लागि एक अफर ल्याएको छ ।

जावा नेपालले जावा ९ प्रतिशत ब्याजदरमा ल्याएको छ। साथै यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेशनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्न सकिने छ । कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

‘अग्नि हायर पर्चेज लिमिटेड’ सँगको सहकार्यमा यो सुबिधा ल्याइएको कम्पनीले जनाएको छ । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सकिनेछ ।

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो ।

स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *