सीजी मोटर्सको कार ७ लाख ६ हजार डाउन पेमेन्टमै पाइने

काठमाडौँ । निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ।

यस अफर अन्तर्गत ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् । यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् ।

जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत ७५ इन्चको टीभी, मेघौली सेराइमा होलिड टुर र ५५० लिटरको रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।

चिनियाँ उत्कृष्ट इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो बिजुली गाडीको मूल्य ३७.९९ लाख रुपैयाँ तोकिए छ । यो अफर कार्तिक १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *