बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँटबारे सहमति जुट्ला त ?
२०७९ भदौ २५ गते

फाइल फोटो
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठकमा जुटेका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन नेताहरू छलफलमा जुटेका हुन् ।
केहीबेरअघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक बसेको हो ।
सिट बाँडफाँटको विषय टुंगो लगाउन निर्णायक बैठक जारी रहेको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।
तर, कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन ।
२०७९ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








