सन्दीपको समर्थनमा प्रदर्शन

काठमाडाैँ । सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले शुक्रबार वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

वीरगन्जका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरे । प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, ‘सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?’ नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुनु हुँदैन पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नारा पनि लगाएका थिए ।

एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि बिहीबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले बिहीबार नै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरिसकेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *