साफ यू १७ च्याम्पियनसिप : नेपालले भारतलाई ३-१ गोलले हराएयो

काठमाडौँ । नेपालले श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १ १ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा नेपालले दुई गोल गर्यो ।

खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २(१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *