जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

काठमाडौँ । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी इम्पेक्स प्रालिले दशैँ, तिहार र छठको अवसर पारी जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजना उपलब्ध गराउने भएको छ ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडीमा लागु हुने कम्पनीले जनाएको छ । हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।

जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकले निःशुल्क एक्सेसोरिजसहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

यो योजना अन्तर्गत ग्राहक यस्ता सुविधा पाउने छन्

  •  आकर्षक नगद छुट
  •  एक वर्षको कम्प्रिहेन्सिभ बीमा
  •  एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा
  •  आ.व.७८/७९ को रोड ट्याक्स फ्री
  •  लोएल्टी बोनस
  •  फ्रिी एसेसोरिज
  •  ५ वर्ष वारेन्टी
  •  ३ वर्ष फ्री सर्भिस
  •  स्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.