पहिलो हाफ सकिँदा आयोजक नेपाल १-० ले अगाडि
२०७९ भदौ २१ गते

काठमाडौँ । दशरथ रंगशालामा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले अग्रता लिएको छ ।
भुटानविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले पहिलो हाफ सम्म सुरुआती अग्रता बनाएको हो ।
झरीका बिच जारी खेलको १२ औँ मिनेटमा अमिषा कार्कीले दिएको पासलाई साबित्रा भण्डारीले गोलमा परिणत गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् ।
खेलको दोस्रो हाफ केही बेरमा सुरु हुनेछ ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








