झरीका बीच छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपमा सुरु भएको छ ।

असोज ३ गतेसम्म चल्ने प्रतियोगितामा आज आयोजक राष्ट्र नेपाल र भुटानबिच उद्घाटन खेल हुँदैछ । चार पटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यसपटक पनि उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर पाएको छ ।यसअघिको पाँचौँ संस्करण पनि नेपाल मै आयोजना भएको थियो । विराटनगरमा सन् २०१९ मा आयोजना भएको उक्त प्रतियोगिताको फाइनलमा नेपाल, चीर प्रतिद्वन्द्वी भारतसँग ३-१ गोल अन्तरले पराजित भई चौथोपटक पनि उपविजेता मै सीमित भएको थियो ।

साफ महिला च्याम्पियनसिपमा हालसम्म भारतबाहेक अन्य राष्ट्रले उपाधि जित्न सकेको छैनन् । घरेलु मैदानमा दोस्रो पटक आयोजना गर्न लागेको छैटौँ संस्करणको खेलमा फेरी नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर जुरेको छ ।घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन भने रहने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =