भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो सुजुकी ब्रेजा

काठमाडौँ । भारतीय एसयूभी(स्पोर्टस् युटिलिटी भेहिकल) बजारमा सबैभन्दा बढी बिक्री हुने कारमा सुजुकी बे्रजाले पहिलो नम्बरमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसअघि लामो समयदेखि सर्वाधिक बिक्री हुने कारमा टाटा नेक्सनले पहिलो स्थानमा थियो । तर, अगष्ट महिनामा ब्रेजाले नेक्सनलाई पछि पारेको हो ।

अगस्ट महिनाको सेल्स रिपोर्ट अनुसार सुजुकीको ब्रेजा कार १५ हजार १ सय ९३ युनिट बिक्री भएको छ । त्यस्तै, टाटा नेक्सनको भने १५ हजार ८५ युनिट बिक्री भएको छ। नेक्सनको तुलनामा ब्रेजा १०८ युनिट बढी बिक्री भएको छ।

सुजुकीले पुरानो स्वरुप र विशेषतामा धेरै परिमार्जन गर्दै अल न्यु ब्रेजा बजारमा ल्याएपछि यसको बिक्री अझ बढेको कम्पनीले जनाएको छ ।

भारतमा ब्रेजाको मूल्य ७ लाख ९९ हजार भारतीय रुपैयाँदेखि १३ लाख ९६ हजार रुपैयाँसम्म छ । त्यस्तै, दोस्रो सबैभन्दा बढी बिक्री हुने कारमा टाटा नेक्सन रहेको छ । यसको मूल्य ७ लाख ६० हजार भारुदेखि १४ लाख ८ हजार भारुसम्म रहेको छ । कम्पनीका अनुसार अल न्यु ब्रेजा कार सार्वजनिक हुनुअघि नै ४५ हजार युनिट बुक भइसकेको थियो ।

अगष्ट महिनाको सेल्स रिपोर्ट अनुसार तेस्रो नम्बरमा हुन्डाइको क्रेटा कार परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *