एमाले नेता नेम्वाङले माधव नेपाललाई एमालेमा बोलाए
२०७९ भदौ १८ गते

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् । उनले पूर्वसहकर्मी समेत रहेका नेपाललाई एमालेमा बोलाएका हुन ।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको भन्दै एमालेमा फर्कन आग्रह गरे ।
एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले भने, ‘जनताको अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, माधवजी नेकपा एमालेमा फर्केर आउनुस् ।’
२०७९ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








