थप २ सय ७१ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
२०७९ भदौ १५ गते

काठमाडौँ । नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् ।
हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








