जबरासँग बयान लिँदै महाअभियोग सिफारिस समिति

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बयान लिँदैछ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।

समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिका समेत संशोधनसहित पारित गरिएको छ । जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ ।

थप : जबराविरुद्धको आधार : आचरणमाथि प्रश्न र भ्रष्टाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *