एमालेकाे ‘देखावटी’ वाममाेर्चाकाे आह्वान !

काठमाडाैँ । पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाममाेर्चाका लागि आह्वान गरे । शनिवारकाे बैठकमा उनले केन्द्रीय समिति सदस्यहरूलाई सम्बाेधन गर्दै भने— ‘वाम चरित्र भएका पार्टीहरूसँग वाममाेर्चा बनाउनका लागि एमाले सधैँ तयार छ । हामी त्याे आह्वान पनि गर्छाैँ ।’

हुन पनि बाहिर एमालेले पहल नगर्दा वाममाेर्चा नबनेकाे निष्कर्ष निकालेर बस्नेहरू प्रशस्तै भेटिन्छन् । फेरि अर्काेतर्फ स्वयम् एमालेले त्याे निष्कर्ष निकालेकाे छ कि— अब पाँचदलीय गठबन्धन फुट्दैन ।

शुरूमै वर्तमान सत्तारुढ गठबन्धनलाई दूषित गठबन्धन भनेकाे एमालेले केही समययतासम्म गठबन्धन टुटाउने प्रयास गरिरहेकाे थियाे । तर, सकेन । यसपछि स-साना दलहरूसँग मिलेर आसन्न प्रादेशिक एवम् सङ्घीय निर्वाचनमा हाेमिने रणनीति अपनाएकाे एमालेले पुन: वाममाेर्चाकाे आह्वान भने गरेकाे छ । हुन त याे आह्वान पहिलाे पटक हाेइन । केही महिनाअगाडि राजधानी काठमाडाैँमा आयाेजित एक कार्यक्रममा भनेका थिए— वामपन्थी काेही छाै भने आउ, एमाले सधैँ वाममाेर्चाका लागि तयार छ । यसलाई अन्य वामनेताहरूले अहङ्कारकाे रूपमा अर्थ्याए । पुन: एमाले वाममाेर्चाकै आह्वान गर्नेमा आइपुगेकाे छ । गठबन्धन फुट्दैन भन्ने निष्कर्ष निकालेर पनि वाममाेर्चाकाे आह्वान गर्नुभयाे है ? भन्ने मकालुखबरकाे जिज्ञासामा प्रमुख सचेतकसमेत रहेका एमाले नेता विशाल भट्टराई भन्छन्, ‘बाहिर एमालेले पाे पहल गरेन कि भन्ने सन्देश गएकाे छ । त्यसाे नहाेस् भन्नका खातिर आह्वान गरिएकाे हाे । तर, याेचाहिँ सत्य नै हाे कि यदि कुनै पार्टी वाम चरित्रमै छन् भने आउँदा हुन्छ ।’

उसाे त केन्द्रीय समिति बैठकअघि बसेकाे स्थायी समिति बैठकमा समिति सदस्य घनश्याम भुसालले वाममाेर्चालाई नै मुख्य मुद्दा बनाएर ४ पृष्ठ लामाे दस्तावेज पेश गरेका थिए । उक्त प्रस्तावबारे भने केन्द्रीय समिति माैन बस्याे ।

‘देखावटी’ आह्वान

एमाले नेताहरू नै स्वीकार्छन् कि— एमालेले वाममाेर्चाकाे आह्वान गर्नका लागि गरेकाे हाे । एमालेका एक नेताले भने, ‘देखावटी आह्वान गरेर मात्रै हुनेवाला केही छैन । एमालेले गरिरहेकाे अहिलेकाे आह्वानचाहिँ दाेष मेटाउनेखाले मात्रै हाे । साँच्चैकाे हाेइन । यसले केही हुँदैन ।

उसाे त याे तथ्य त सचेतक भट्टराईले भने स्वीकारिसकेका छन् । उनकाे भनाइ छ, ‘एमालेले गरेन कि भन्नेहरूका लागि मात्रै हाे याे आह्वान ।’ एक हिसाबले भन्ने हाे भने एमालेले आफूलाई त्याे दाेषबाट चाेखिनका लागि मात्रै त्याे गरेकाे छ । एमालेका एक नेता भन्छन्, ‘बुर्जुवा शक्तिहरू मिलेर एमालेजस्ताे वाम चरित्र भएकाे पार्टीलाई हराउन खाेजिरहेका छन् । यस्ताेमा एमालेले नै केही गर्नुपर्ने हाे । तर, यस्ताे आह्वानले मात्रै केही गर्दैन । याे आह्वानका लागि आह्वानजस्ताे छ ।’

‘ओलीजीकाे आह्वान हाेइन, अहङ्कार हाे’

अन्य वामपन्थी नेताहरू वाममाेर्चाकाे ओलीकाे आह्वानलाई अहङ्कारकाे रूपमा अर्थ्याउँछन् । माओवादी केन्द्रका नेता लीलामणि पाेखरेले भन्छन्, ‘त्याे ओलीजीकाे अहङ्कार मात्रै हाे । उहाँकाे याे आह्वान हाेइन ।’ उनी माओवादी केन्द्र कहिल्यै गठबन्धन र एकताकाे विपक्षमा नरहेकाे प्रष्ट्याउँछन् । उनी भन्छन्, ‘हामी सधैँ गठबन्धनकाे अथवा एकताकाे पक्षमा हाे । तर, अहङ्कारी ढङ्गले हाेइन । समानतापूर्वक गर्दाचाहिँ हामी सधैँ तयार छाैँ ।’

एकीकृत समाजावदीका एक नेता भने ओलीप्रति झन् कडारूपमा प्रस्तुत हुन्छन् । ‘याे उनकाे नाटक मात्रै हाे, याे एकताका लागि आह्वान गरेका हाेइनन्, हामीलाई जिस्क्याएका मात्रै हुन् । याे हामीलाई सह्य छैन,’ एकीकृत समाजवादीका एक नेताले मकालुखबरसँग भने ।

उनी ओलीमा ‘इगाे’ नहटेसम्म माेर्चा बनाउन नसकिने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *