चुनावपछि मुलुक नयाँ कोर्समा जान्छ : मन्त्री चौधरी

बुटवल । शहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्समा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरू विजयी हुनुपर्ने उनको धारणा छ । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्त्वहरूबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे ।

नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहनु भएको चौधरीले मुलुक समृद्धीको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको मन्त्री चौधरीको भनाई छ ।

शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए । उनले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक बुटवलको बदनाम गरेको आरोप लगाउँदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गरे । पौडेल बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसगँ साँठगाँठ गरेको उनले बताए ।

रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसँग नेकपा एसका नेता राजु गुरुङ भिड्ने बताउँदै यो निर्वाचनबाट गठबन्धन विजय हुने दाबी गरे । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री र उपाध्यक्ष तेजेन्द्र केसीको कार्यक्रम सञ्चालनका सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *