देउवालाई ओलीले भने- ‘देशमा एमाले पनि छ भन्ने नबिर्सनुस्’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नबिर्सनू चुनाैती दिएका छन् । उनीहरूबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएकाे थियाे । त्यसक्रममा ओलीले देउवालाई यस्ताे चुनाैती दिएका हुन् । ओलीसँग प्रधानमन्त्री भेटेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भनेका छन्, ‘उहाँहरूबीच साैहार्दपूर्ण वातावरणमा विभिन्न विषयमा कुराकानी भयाे । त्यसक्रममा उहाँ (ओली) ले एमाले नबिर्सनुस् भनेर भन्नुभयाे ।’

ओलीले शुरूमै चुनाव, टीआरसी, नागरिकता विधेयक, मूल्यवृद्धिलगायतबारे चर्चा गरेका थिए । ओलीलाई उद्धृत गर्दै उपाध्यक्ष नेम्वाङले थपे, ‘सरकारले एमालेलाई बिर्सेर मनलाग्दी गर्न पाउँदैन ।’

यी सबै सन्दर्भबारेकाे ओलीकाे चासाेपछि प्रधानमन्त्री देउवाले धन्यवाद दिएका थिए । उनले भनेका थिए, ‘तपाईंलाई धन्यवाद ! यीमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा नहुनसक्छ । अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखाैँला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =