नेता गिरिको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति : पूर्वमन्त्री झाँक्री

काठमाडौंं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको असामयिक देहवसानले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वमन्त्री झाँक्रीले नेता गिरिको निधनको खबरले आफू स्तब्ध र प्रतिक्रियाविहीन भएको उल्लेख गरेकी छन् ।

उनले नेपाली राजनीतिको पछिल्लो पुस्ताले एक अभिभावक, देशले असल नेता, समाजले बौद्धिक चिन्तक र  कनिष्ठहरूले एक होनहार गुरू गुमाएको प्रतिक्रिया दिएकी छन् ।

नेता गिरिको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =