एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदै छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले गठबन्धनसँग एक्लै लड्ने बताएका छन् ।

झापाको कचनकवलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मंसीर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।

उनले भने, ‘अहिले सत्तामा रहेका कमजोरहरुले गठबन्धन बनाएको जिकिर गर्दै अभ्यक्ष ओलीले भने ‘एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदै छन्, लड्न सक्ने भए त एक्लाएक्लै लडिहाल्थे नि’

उनले १६५ मध्ये बहुमत र ११० समानुपातिकमा पनि बहुमत ल्याउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *