वाग्मती नदी संरक्षण गर्ने र्‍याफ्टिङ (भिडिओसहित)

काठमाडौँ । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि २२ औं बागमती नदी महोत्सव आयोजना गरिएको हो । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको बताइएको छ ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म ¥याफ्टिङको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । बागमती नदी महोत्सवको शहरी बिकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गरेका थिए । सो क्रममा मन्त्री चौधरीले आगामी दिनमा बागमती नदी संरक्षणका लागि आफुले बिशेय ध्यान दिने बताए ।

उनले बागमती नदी बचाउन अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गरे । बागमती नदी सफाई अन्तर्गत नदि किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने बताए ।

धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सवैलाई दायित्वबोध गराउनका लागि पनि महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ । कार्यक्रममा मन्त्री चौधरी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह लगाएत पनि ¥याफ्टिङमा सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =