सभामुखद्वारा नेता गिरिको स्वास्थ्यलाभको कामना

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

सभामुख सापकोटाले आज ट्वीटमार्फत विहिबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहेका उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =