पदाधिकारी टुङ्ग्याउने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी सर्‍यो

काठमाडौँ । बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ । बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।

बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेकाले पनि स्थायी कमिटी बैठक सारिएको नेताहरुले बताएका छन् । आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =