कर्मचारी समायाेजन सम्बन्धी मुद्दाकाे निसु आज

काठमाडौँ । अदालतमा विचाराधीन कर्मचारी समायाेजनकाे मुद्दामा सर्वाेच्च अदालतले बुधवार फैसला सुनाउने भएकाे छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको ५ न्यायाधीशको साउन १७ गतेको संवैधानिक इजलासले साउन सुनुवाइ सक्दै भदौ १ गतेका लागि निसु (निर्णय सुनाउने) तोकेको थियो । सरकारी पक्ष र निवेदकहरूको जवाफ सुनेर संवैधानिक इजलासले भदौ १ गतेका लागि निसु तोकेको हाे ।

गत असार २९ गतेदेखि सुनुवाइ सुरु भएको मुद्दा हेर्दा–हेर्दैमा रहेको कर्मचारी समायोजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार २ गते आइपुगेको थियो ।

जेठ १७ गते बृहत् पूर्ण इजलासमा पठाइएको उक्त मुद्दा पाँच न्यायाधीशको इजलासले संवैधानिक विवाद देखिएकाले त्यसको सम्बोधन गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *