राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने (भिडिओ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै प्रदेश तहको निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको उनको भनाई छ । ‘यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र सङ्घीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ,’ लामिछानेले भनेका छन्, ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन ।’

उनकाअनुसार प्रदेशसभा निर्वाचनमा सहभागी नहुने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइसकिएको छ । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौँ,’ लामिछानेले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *