स्याङजाको वद्खोलामा टीभीएसको शो रुम सञ्चालनमा

काठमाडौँ । नेपालमा टिभिएस टू ह्विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुम उद्घाटन कार्यक्रममा बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाई छ । टिभिएसले निरन्तर आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए ।

कार्यक्रममा स्याङ्जाका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेल, प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका–३ र ४ का वडा अध्यक्षलगायतको उपस्थिति थियो ।

जगदम्बा मोटर्स प्रालि टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्नो ग्राहकको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ ।

टिभिएस उच्च गुणस्तरका उत्पादन, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *