भिडोल लुब्रिकेन्ट्सको डिलर मिट पोखरामा सम्पन्न

काठमाडौँ । पोखराको ग्रान्डी होटलमा भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । देशभरका २५ वटा डिलर सहभागी उक्त कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खेल, रिफ्रेसमेन्ट, अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रमसमेत भएको थियो ।

कार्यक्रममा आगामी वर्षका लागि डिलरबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने टार्गेट घोषणा भएको छ । यो मिट कम्पनीले ‘वान मोर स्टेप टुवार्ड्स सक्सेस’ भन्ने लक्ष्यका साथ सम्पन्न गरेको थियो । नेपालमा यो लुब्रिकेन्टलाई भीजी ल्युब प्रालिले बिक्री वितरण गरिरहेको छ । कम्पनीले डिलरका प्रतिनिधिलाई यो वर्ष सफलताका लागि एक स्टेप अगाडि बढ्ने प्रतिबद्धतासमेत गराएको थियो ।

कार्यक्रममा भीजी ल्युबका प्रबन्ध निर्देशक विवेक बिजुक्छेले अहिलेको विश्व बजारमा लुब्रिकेन्टको समयसापेक्ष अवस्थाबारे जानकारी गराएका थिए । भीजी ल्युबका बिजनेस हेड दिनेश खनालले भिडोलको गत आर्थिक वर्षको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए । त्यस्तै, मार्केटिङ र ब्रान्डिङको सन्दर्भमा ब्रान्ड एन्ड मार्केटिङ हेड समिप तिम्सिनाले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका छन् ।

पुरकृत हुने डिलरहरु निम्न छन् :

जगदम्बा बेरिङ सेन्टर, विराटनगरले प्रथम; सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौँडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका छन् । त्यसैगरी कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरियो । कार्यक्रमपश्चात् नयाँ उत्साह र उमंगका साथ टोली पोखराबाट फर्किएको थियो ।

नेपालमा भिडोल लुब्रिकेन्ट सम्पूर्ण सेगमेन्टमा उपलब्ध छ । यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्मको क्याटागोरीमा उपलब्ध छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ ।

सेन्थेटिक, सेमिसेन्थेटिक र बेस आयलमा आधारित सबै खालका लुब्रिकेन्ट कम्पनीले बिक्री गरिरहेको छ । तथापि कम्पनीले फोकस भने प्रिमियम क्वालिटी सेगमेन्टमा गरेको छ । नेपालमा भिडोललाई प्रिमियम क्वालिटीको लुब्रिकेन्ट भनेर चिनिन्छ । भिजी ल्युबले बीएस–६ इन्जिनका लागि पनि एसएन ग्रेडको लुब्रिकेन्ट्स ल्याइसकेको छ । भिडोलको हेभी सीसीको बाइकका लागि टेक अफ ४टी रिसिङ नामको १०डब्ल्यु–५०एसएन ग्रेडको लुब्रिकेन्ट बजारमा प्रिमियम सेगमेन्टमा उपलब्ध छ । यो बजारमा सबै ब्रान्डमा सर्वसुलभ लुब्रिकेन्ट हो । त्यस्तै कार सेगमेन्टमा प्रयोग हुने सिन्ट्रोन लङ लाइफ आईभी ०डब्ल्यु–२० ग्रेडको लुब्रिकेन्ट पनि प्रिमियम ब्रान्डमा उपलब्ध छ । यो बेल्जियमबाट इम्पोर्ट भएको उत्पादन हो । यो लुब्रिकेन्ट पनि सबै ब्रान्डमा सर्वसुलभ छैन ।

भिडोल युकेको कम्पनीको उत्पादन हो । नेपालमा आउने धेरै प्रतिशत लुब्रिकेन्ट इन्डियामा उत्पादन हुन्छ । तथापि केही प्रिमियम सेगमेन्टको लुब्रिकेन्ट अन्य देशबाट आउँछ । भिडोल लुब्रिकेन्ट हाल ७० वटा भन्दा वढी देशमा बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *