ग्रिन टायरले ‘शेर्पा’ ब्रान्डको एग्रिकल्चर सेग्मेन्टका टायर बजारमा ल्याउँदै

काठमाडौँ । निजी लगानीमा स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्रान्डका एग्रिकल्चर सेगेमेन्टका टायरहरु उत्पादन गर्ने भएको छ । यसका लागि तयारी पूरा भइसकेको उद्योगले जनाएको छ । एग्रिकल्चर सेगमेन्ट अन्तर्गत ट्रयाक्टर तथा हाते ट्रयाक्टरमा लाग्ने भूमि तथा सारथी मोडलका ठूला तथा साना टायर उत्पादन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त मोडलहरु अन्तर्गत १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साइजका टायरहरु बजारमा ल्याउन लागेको हो । यस कम्पनीका उत्पादित टायरमा बढी ट्रेक्सन र ग्रीप रहेको छ । बढी एनएसडी पनि रहेको छ । उक्त उत्पादनमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध छ ।

नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायर उत्पादन गरी कम्पनीले उदाहरणीय कार्य गरेको जनाएको छ । साथै नेपालमा उत्पादित स्वदेशी रबर पनि प्रयोगमा ल्याउन लागेको छ । कम्पनीले गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्न सकिने तालिम दिँदै आएको छ ।

नेपालमा उत्पादित यस टायरका मोडलहरु विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको कम्पनीले जनाएको छ । उक्त टायर सजिलै ग्राहक माझ पु¥याउन नेपालभरी डिलरसिपका लागि कम्पनीले आवेदन समेत आह्वान गरेको छ ।

दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडि बढेको यस कम्पनीले आफ्ना उत्पादनको तौल, माइलेज, क्वालीटी, फिनिसिङ्गलगायत सबै कुरामा विशेष ध्यान दिएकोे जनाएको छ । कम्पनीका सबै टायरमा म्यानुफ्याक्चरिङ्ग वारेन्टी रहेको तथा यस कम्पनीले आईएसओ मापदण्ड अनुसार उत्पादन गरिएको कम्पनीको भनाइ छ । ट्रयाक्टर लाग्ने सम्पूर्ण साइजका टायर यस कम्पनीले उत्पादन सुरु गरेको छ ।

आउँदो ३ महिनामा ट्रलिमा लाग्ने टायरसमेत कम्पनीले बजारमा ल्याउने योजना बनाएको छ । आगामी दिनमा कर्मसियल हेबि इक्युपमेन्ट, ट्रक टायरलगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना छ । नेपालमा टायरको उत्पादनको सम्भावना राम्रो छ, भबिष्य पनि सुन्दर छ, त्यसैले टायर उद्योगमा कम्पनीले भबिष्यमा लगानी बढाउने योजनासमेत रहेको जनाएको छ ।

वि.सं. २०७३ सालमा स्थापित यस ग्रिन टायर उद्योग प्रालिले विगत ६ वर्षदेखि नेपालमा टायर उत्पादन गर्दै आएको छ । ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई यस उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ ।

कम्पनीका अनुसार कुल ४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यस कम्पनीले विगत देखि डेल्टा ब्राण्डअन्र्तगत दुई र तीन पाङ्ग्रे सवारीका लागि सबैखाले टायर आएको छ । कम्पनीले उत्पादन गरेको टायरको माग बढेको र नेपाली उपभोक्ताको रुची बढ्दै गएको कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *