नाडा इभि एक्सपो २०२२ आयोजना हुने

काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौँ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको छ ।

उक्त इभि एक्सपो आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने नाडाले जनाएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को १४ भदौसम्मका लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । भदौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *