बुस्टर डोज : गम्भीर बिरामी र मृत्यु हुनबाट ८५ प्रतिशत सुरक्षा

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाबाट हुने गम्भीर बिरामी र मृत्यु कम गर्न खोप तथा बुस्टर मात्रा प्रकाभवकारी देखिएको बताएकाे  छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा काभिड-१९ संक्रमणका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोभिड-१९ विरुद्धको खोप नलगाएको पाइएको छ । मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गर्दैै खोप नलगाउनेलाई उच्च जोखिम रहेको बताएको छ ।

खोप नलगाएकाहरू कोभिडको उच्च जोखिममा रहेकाले तत्काल खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकता अनुसार कोभिड-१९ विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले भनेको छ ।

कोभिड संक्रमित लगभग ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिने भन्दै मन्त्रालयले भनेको छ, ‘यदि खोप लगाउनुभएको छैन र तपाईंलाई कोभिड-१९ को संक्रमण भयो भने गम्भीर रूपमा बिरामी पर्ने वा मृत्यु हुनसक्ने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *