निम्बसले नेपाल ल्यायो हिराेकाे लेक्ट्रो ई–साइकल

काठमाडौँ । लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्रालिले बहुप्रतिक्षित ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ बजारमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बीच निम्बसले नेपाली बजारमा उक्त ई–साइकल सार्वजनिक गरेको हो ।

भारतको हिरो कम्पनीले निर्माण गरेको उक्त इसाइकल विद्युत्बाट चल्ने र शहरी सडकका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । सहरमा साइकल यात्रा गर्न चाहनेहरुका लागि उक्त साइकल भरपर्दो विकल्प हुने कम्पनीले जनाएको छ ।

बलियाे, टिकाउ र भर्सटाइल शैलीका साइकलले आफ्नो वजनभन्दा ४ गुणासम्म भार थेग्न सक्ने जनाइएको छ । यसलाई पाईडलबाट वा विद्युतीय रुपमा जसरी पनि चलाउन सकिन्छ ।

उक्त साइकलमा लिथियम–आयन ब्याट्री आईपी ६७ प्रयोग भएकोले पाीले असर नगर्ने जनाइएको छ । ५ देखि ७ घण्टामामा पूरा चार्ज हुने उक्त ब्याट्रिले एक पटकमा २५ देखि ६० किलोमिटरसम्म साइकल तान्न सक्ने क्षमता राख्दछन् ।

नेपालमा उक्त विद्युतीय साइकलको मूल्य ७५ हजार ९ सय देखि १ लाख ३९ हजार रुपैयाँसम्म पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *