जापान जाँदै अध्यक्ष प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाँदैछन् । नेपाल एयरलाइन्सको विमानमा आज राति नै उनी जापान प्रस्थान गर्दैछन् ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा उनी त्यहाँ जान लागेका हुन् । जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *