गायक काफ्लेले तीजमा ल्याए ‘उहिलेका भाका…’ (भिडिओ)

काठमाडौँ । गायक रामचन्द्र काफ्लेले तीजका अवसरमा माैलिक भाका समेटेर नयाँ गीत बजारमा ल्याएका छन्य । ‘उहिलेका भाका…’ बाेलकाे उक्त गीतमा कलाकार पल्पसा डंगोलले मृगौला प्रत्यारोपणपछि पहिलो पटक नृत्य गरेकी छन् । उपचारपछि केही समयअघि देखि टेलिसिरियल ‘मेरिबास्सै’मा पुनः अभिनय सुरु गरेकी उनले गीतमा भने उपचारपछि पहिलो पटक नृत्य गरेकी हुन् ।

गायक काफ्लेसँगै उक्त गीतमा ७० वर्षीया गायिका गायत्री भण्डारीसँगै जुनु रिजाल, लक्ष्मी मल्ल, माधवी त्रीपठी, श्रीकृष्ण बम मल्लसमेतको स्वर छ । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत भने गायक काफ्लेले नै भरेका छन् । गीतकाे निर्देशन शंकर बिसीले गरेका हुन् ।

गायक काफ्लेको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली मौलिक भाकाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भिडिओ

पछिल्लो समय भड्किला तीज गीत सार्वजनिक भइरहेको समय यस्ता पुराना तथा लोपोन्मुख मौलिक भाकालाई संरक्षण गर्नु आफूहरुको दायित्वसमेत भएको गायक काफ्ले बताउँछन् । दर्शकको माया पाए पुनः मौलिक भाकाहरु संरक्षण गर्दै नयाँ गीत ल्याउने उनी बताउँछन् ।

पछिल्लो समय भड्किला तिजाका गीतहरु सर्वजनिक भैइरहेको बेलामा अग्गिलो पुस्ताले आफ्नै मौलिक गीत ल्याएनु नेपाली लोक संगीत फेरि लयमा आउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *