गठबन्धनभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन
२०७९ साउन २० गते

काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लड्ने निर्णय गरेकाे छ ।
शुक्रवार बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । त्यस्तै गठबन्धनले भदौ पहिलो साता सिट बाँडफाँटको टुंगो लगाउने निर्णय गर्दे त्यसका लागि कार्यदल समेत बनाएकाे छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् ।
त्यस्तै, कार्यदलमा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।
जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
२०७९ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








