काठमाडाैँ ९ बाट चुनाव लड्दै मधु, भन्छिन्- ‘देशलाई समृद्ध बनाउने सपना छ’

काठमाडाैँ । विदेशमा रहेर नेपालका प्राय: सामाजिक कार्यमा सक्रिय रहँदै आएकी मुध कार्कीले आसन्न सङ्घीय निर्वाचनमा काठमाडाैँ क्षेत्र नं. ९ बाट उम्मेदवारी दिँदैछन् । हाल चेक गणतन्त्रमा रहेकी मधुले अनौपचारिकरूपमा उम्मेदवारी घाेषणासमेत गरिसकेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नाे चुनावी गतिविधिलाई तीव्रता दिएकी छन् ।

उनले चाँडै नेपाल आएर औपचारिकरूपमा उम्मेदवारी घाेषणा गर्ने र घरदैलाे कार्यक्रम गर्ने बताएकी छन् । ‘यहाँ पनि चुनावी अभियानमै छु । चुनावकाे मिति घाेषणा भइसकेकाे अवस्थामा अब चाँडै नेपाल औपचारिकरूपमा उम्मेदवारी घाेषणा गर्ने र चुनावी अभियानलाई तीव्रता दिने साेचमा छु,’ उनले भनेकी छन् ।

उनले स्वतन्त्ररूपमा चुनाव लड्न लागेकी हुन् । मुलुकको वर्तमान अवस्थाका कारण आफूभित्र उब्जिएको राष्ट्रियताप्रतिको भावनाले आफूलाई उम्मेदवारी दिन बाध्य बनाएकाे सुनाउँदै उनले भनेकी छन्, ‘देशको पछिल्लो अवस्थाले देश उँधो गतितिर लागिरहेको छैन । राष्ट्रलाई अब समृद्धितर्फ लैजान केही गर्न सकिन्छ कि भनेर नै चुनाव लड्न लागेकी हुँ । देशका लागि केही गर्ने याेजना छ । समृद्धिकाे सपना छ ।’

उम्मेदवारी दिँदै गर्दा उनले मूलत: ५ एजेन्डाहरू अघि सारेकी छन् । ‘मिसन, भिजन, सोर्स, गोल र इम्प्लीमेन्ट् हुँदै देशलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भनिन्, ‘जनाताको जीवनस्तर उकास्न मद्दत पुग्ने तथा हाल देशको फोहोर मैलालगायत यावत् अस्त-व्यस्ततामा प्राथमिक सहयोग पुग्नसक्ने सम्भावनाका लागि ग्लोबल ढोकामा जनता र राष्ट्रका लागि म घर दैलो गर्न चाहन्छु ।’

सञ्चारकर्मीसमेत रहेकी उनले आफूलाई जनतालाई ढाँट्ने र काम नगर्ने राजनीतिक दल एवम् नेताहरूकाे आलाेचककाे रूपमा चिनाउँछिन् ।

काठमाडाैँ ९ २०७४ सालकाे सङ्घीय निर्वाचनमा एमालेले बाजी मारेकाे क्षेत्र हाे । त्यहाँबाट एमाले नेता कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । उनी नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जीतलाई ८ हजार ५० मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । मधुले साेही क्षेत्रबाट उम्मेदवारी दिन लागेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =