श्रीमतीले दिइन् श्रीमानविरुद्ध बलात्कारको जाहेरी

काठमाडौँ । रुपन्देहीमा एक महिलाले आफ्नै श्रीमानविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी छन् । तिलोत्तमा नगरपालिका -१७ की ती महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार जाहेरी दिएकी हुन् ।

इप्रका बुटवलका डीएसपी ठगबहादुर केसीकाअनुसार ती महिलाले जाहेरीमा ६ महिनादेखि पतिले मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

पतिको अत्याचारबारे सासू र ससुरालाई जानकारी गराउँदा पनि वास्ता नगरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा सासू र ससुरालाई समेत झिकाई अनुसन्धान गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *