टिभीएसले ल्यायो बब्बाल फाइनान्स अफर

काठमाडौँ । नेपालका लागि टिभीएस मेटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्न थालेकाे कम्पनीले जनाएकाे छ ।

यस योजनाअन्तर्गत ग्राहकले टिभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआइ क्रमशस् जुपिटरमा रू ३,९०८, एनटर्क स्क्वाड एडिशनमा रु ५,२५४ र अपाचे आरटीआर २०० ४भी रू ६,८२२ खरिद गर्न सक्नेछन् । त्यसैगरी अपाचे आरटीआर २०० ४भी को नगद खरिदमा ग्राहकहरूले टिभीएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभीएस ले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन।

टिभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने, ‘हामी यो फाइनान्स योजनाले हाम्रा ग्राहकलाई टिभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। यो फाइनान्स योजनाले ग्राहकलाई नयाँ टिभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्ने छ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।’

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो।

नेपालमा १३७ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपूर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *