साओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर ?

काठमाडाैँ । शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ ।

अन्य ईन्ट्री–लेभल स्मार्ट फोनको तुलनामा यसमा भएको थ्रीडी–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नुका साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले बताएको छ ।

यसमा रहेको १३ एमपि मेन क्यामेरा र दुई एमपिको देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्छ ।
मिडियाटेक हेलियो जी२५ चिपसेट रहेको यस फोनमा १० वाटको फास्ट चार्जिङ सहित पाँच हजार एमएएच ब्याट्री छ ।

यो फोन बजारमा ग्रेफाइट ग्रे (खैरो) क्रोम सिल्भर र स्काई ब्लू (निलो)गरी तीन वटा रङहरूमा उपलब्ध छ । यो फोन २ जिबी+३२ जिबी र ३ जिबी+६४ जिबी स्टोरेज भेरियन्टमा आउने र यसको मूल्य क्रमशः १३ हजार ९९९ रुपैयाँ र १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *