वर्षमान भन्छन्- ‘क्लिन चिट’ पाएपछि अर्थमन्त्रीमा जनार्दनकै हक लाग्छ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै उनले भनेका छन्, ‘संसदीय समितिले निर्दाेष ठहर गर्‍याे । अब अर्थमन्त्रीमा उहाँकै हक लाग्छ ।’

छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको बताए ।

शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय विशेष समितिले उनी निर्दाेष रहेकाे निष्कर्ष निकालेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =