फोहोरमैला व्यवस्थापनका लागि वडा-वडामा अनुगमन टोली परिचालन
२०७९ साउन १२ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न बिहीबारदेखि वडा–वडामा अनुगमन टोली परिचालन गरेको छ ।
१० साउनमा भएको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णय अनुसार प्रत्येक वडामा ५ सदस्यीय अनुगमन टोली परिचालित गरेको महानगरले जनाएको छ ।
प्रत्येक वडामा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा सहयोगी कर्मचारी, वडा सचिव, स्यानिटेशन सुपरभाइजर, एक नगर प्रहरी र नाइकेको टोली परिचालित भइसकेको महानगरका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।
अनुगमन टोलीको जिम्मेवारी र सदस्यहरुको बारेमा महानगरले सूचना समेत प्रकाशित गरेको छ ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








