पोखरामा आजदेखि ६ लाख जित्ने दोहोरी गीत प्रतियोगिता

पोखरा । पोखरामा आजदेखि दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिता पोखरा सभागृहमा आयोजना गरिएको हो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको हो ।

३ दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट ४६ समूह सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख र चौथो हुने समूहले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजार पुरस्कार दिइने कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक समूहमा महिला र पुरुष सहित २ जना हुनेछन् ।
नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्‍याएको भन्दै शेरचनको स्मृतिमा हरेक वर्ष विभिन्न कार्यक्रम गरिन्छ ।

उनको २०६७ माघ २४ गते निधन भएको थियो । शेरचनको विशेष गरी १६ वर्षे उमेरैमा भन्ने गीत बहु चर्चामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *