‘विचारभन्दा माथि देश’ ले पार्टी विभाजन गर्‍याे, अबकाे अध्यक्ष बन्न म याेग्य छु : प्रकाशचन्द्र परियार (अन्तर्वार्ता)

काठमाडाैँ । बहुलवादमा आधारित कल्याणकारी लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र र सामाजिक न्यायको मान्यतासहितको वैकल्पिक राजनीति गर्ने भनेर स्थापना भएकाे विवेकशील साझा पार्टी अहिले आफैँ भद्रगाेल अवस्थामा पुगेकाे छ । संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिइसकेका छन् । स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई अपेक्षाकृत नतिजा दिलाउन नसकेकाे कारण देखाएर नैतिकताकाे कुरा गर्दै जेठ ११ गते पदबाट राजीनामा दिएका मिश्र अहिले राजसंस्थाकाे पक्षमा खुलिसकेका छन् । त्यतातर्फ नजाऔँ ।

तर, २०७७ मंसिर २५ यता उनले नेतृत्व गरिरहेकाे विवेकशील साझा भने भताभुङ्ग छ । अध्यक्ष मिश्रले आन्दाेलनलाई बीचमै छाडेर ओझेलिएका छन् । पछिल्लाे स्थानीय निर्वाचनमा बाराकाे फेटा गाउँपालिकाबाहेक अन्य कनुै पालिका जित्न नसकेकाे विवकेशील साझा प्रादेशिक र सङ्घीय निर्वाचनकाे पूर्वसन्ध्यामा पनि बिनातयारी बसिरहेकाे छ । स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसक्नुमा उनै अध्यक्ष मिश्रले २०७८ साउन ११ गते ल्याएकाे ‘विचारभन्दा माथि देश’ दस्तावेज भएकाे नेताहरू नै बताउँछन् ।

उसाे त अध्यक्ष मिश्रले राजीनामा दिएपछि पनि पार्टी एकढिक्का भने छैन । यस्ताेमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे शीर्षस्थ नेताहरूबीच शृङ्खलाबद्ध बैठक तथा बहस-वार्ताहरू भएपनि निकास भेटिएकाे छैन । त्यसाे त प्रादेशिक र सङ्घीय निर्वाचन नजिकिँदाे छ । निर्वाचन केन्द्रित भएर खासरूपमा केही काम गरेकाे देखिँदैन । अध्यक्ष मिश्रले राजीनामा दिएकाे २ महिना हुन लाग्दासमेत पार्टीले सङ्गठनात्मक आकार लिन सकेकाे छैन । उसाे भए शीर्षस्थ नेताहरू के गरिरहेका छन् ? स्थानीय निर्वाचन नराम्राेसँग थच्चिएकाे पार्टीले आसन्न सङ्घीय निर्वाचनकाे तयारी किन गरिरहेकाे छैन ? अब पार्टी कसरी अगाडि जान्छ ? के विवेकशील साझाले वैकल्पिक राजनीतिकाे औचित्यता राख्न सक्छ ? यी यावत् प्रश्नहरू मकालुखबरकर्मी धनबल राईले पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख प्रकाशचन्द्र परियारलाई साेधेका छन् ।

०००

‘विचारभन्दा माथि देश दस्तावेज आएपछि पार्टी विभाजन भयाे’

नेता परियार आफू विचारभन्दा माथि देश दस्तावेजकाे विपक्षमा रहेकाे बताउँछन् । दस्तावेज आएपछि पार्टीमा मत-मतान्तर, विभाजन र बहसहरू भएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘अहिले पनि दस्तावेजकाे नाममा आकाश छुने कुराहरू आइरहेकै छन् । मचाहिँ जहिल्यै पनि त्याे दस्तावेजकाे विपक्षमा छु । म लाेकतान्त्रिक गणतन्त्रकाे पक्षधरता हुँ । तर अध्यक्षले त्याे दस्तावेज ल्याएपछि नै पार्टी विभाजनकाे काम भयाे भन्ने कुरा भन्नलाई हिच्किचाउन पर्दैन ।’

दस्तावेजले पार्टीमा सैद्धान्तिक विचलन आएकाे नेता परियारकाे दाबी छ । ‘त्याे दस्तावेजले पार्टीकाे मूल मर्मलाई मार्‍याे र वैकल्पिक राजनीतिलाई सिध्यायाे । सबैलाई समेट्ने र मूलधारका पार्टीहरूलाई सुधार्ने भनेर आएकाे दलले प्रेत भइसकेकाे राजसंस्थालाई बाेकेर वैकल्पिक राजनीति हुँदैन,’ उनले भनेका छन् ।

आफूले पहिल्यैदेखि पार्टीमा पनि फरक मत राख्दै आएकाे उनले स्मरण गरे । ‘पार्टीमा पनि मेराे पहिल्यैदेखि फरक मत थियाे याे विषयमा । याे सिनाे भइसकेकाे, भूत-प्रेत भइसकेकाे संस्थालाई काँधमा राखेर केही गर्न सकिन्न भन्नेमा म विश्वस्त थिएँ । वैकल्पिक राजनीति गर्न सकिन्न भन्नेमा थिएँ,’ उनले भनेका छन् ।

‘म पार्टीकाे भावी अध्यक्ष हुन याेग्य हुँ, मेराे प्रयास रहन्छ’

नेता परियार आफूलाई भावी अध्यक्षका रूपमा प्रस्तुत गर्छन् । ‘जसले विचारभन्दा माथि देशलाई फरक ढङ्ग/मतले हेर्‍याे । जसले समन्वयकारी भूमिका खेल्न सक्छ र रवीन्द्र मिश्रकाे पछि लाग्ने हाेइन कि सहयाेगद्धा बनेर काम गर्छ, त्याे प्रकाशचन्द्र परियारले नेतृत्व गर्न सक्छ । म भावी अध्यक्ष हुनसक्ने मान्छे हुँ,’ उनले भनेका छन् ।

आफूले अन्तरिम अध्यक्ष बनेर पनि काम गर्न खाेजिरहेकाे तर, विभिन्न प्रक्रियाहरूका कारण नसकिरहेकाे उनले बताएका छन् ।

||विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियार। तस्बिर : मकालुखबर/सराेज बस्नेत||

संयाेजक मिलन पाण्डेसँग यसबारे के कुराकानी भयाे ? भन्ने जिज्ञासामा नेता परियार भन्छन्, ‘मिलन पाण्डेजीलाई त पार्टीले नै कारबाही गरिसकेकाे छ । मेराे बुझाइचाहिँ के छ भने जब उहाँकाे कारबाही पार्टीले फिर्ता लिन्छ तबमात्रै उहाँ पुन: अध्यक्षका लागि याेग्य हुनुहुन्छ । फेरि उहाँभन्दा म नै सिनियर हुँ ।’

पार्टीमा उपाध्यक्षसमेत नरहेकाे र त्यस्ताे अवस्थामा अन्तरिम अध्यक्ष बनेर पार्टीलाई महाधिवेशनसम्म लाने भनेर आफूले प्रयास गरिरहेकाे बताउँछन् उनी, भन्छन्— ‘अब साझा बिन्दुबाट निकास निकाल्ने हाम्राे प्रयास जारी छ । अहिलेकाे अवस्थामा नेतृत्वभन्दा पनि निकास खाेजिरहेका छाैँ ।’

‘हाम्राे पार्टीले वैकल्पिक राजनीतिकाे औचित्यता पुष्टि गर्नसक्छ’

‘हाम्राे पार्टी याेबीचमा जेखाले अवस्थाबाट गुज्रिए पनि अब पुन: वैकल्पिक राजनीतिकाे औचित्यता पुष्टि गर्न प्रयासरत हुनेछ,’ नेता परियारले भनेका छन्, ‘हाम्राे पार्टीले यसकाे औचित्यता पुष्टि गर्न सक्छ । हामी हिँड्ने बाटाे फेरिएकाे छैन । हामी सक्छाैँ भने अझै परिष्कृत बाटाे हिँड्नेछाैँ । पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने काेसिस गर्नेछाैँ ।’

||विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियार। तस्बिर : मकालुखबर/सराेज बस्नेत||

नेपाल वैकल्पिक राजनीतिकाे उर्वर भूमि भएकाे औंल्याउँदै उनले भनेका छन्, ‘याे देशमा वैकल्पिक राजनीतिकै भूमिका ठूलाे रहन्छ । अहिलेकाे अवस्थामा पनि वैकल्पिक राजनीतिकै आवश्यकता छ । याे देश वैकल्पिक राजनीतिकाे उर्वर भूमि हाे ।’

यही भूमिमा विवेकशील साझा पार्टीले वैकल्पकि राजनीतिकाे पुष्ट्याइँ गर्ने नेता परियार बताउँछन् ।

‘आसन्न निर्वाचनअगावै पार्टीले नेतृत्व पाउँछ’

नेता परियार आसन्न प्रादेशिक तथा सङ्घीय निर्वाचनअगावै पार्टीले नेतृत्व पाउने बताउँछन् । त्यसका लागि साेहीअनुसार काम/कारबाहीसमेत भइरहेकाे उल्लेख गर्दै उनले भने, ‘हाम्राे प्रयास यही रहन्छ र त्याेअनुरूप काम पनि गरिरहेका छाैँ । जहाँसम्म लाग्छ हामी चुनावअगावै पार्टीका आकार निर्माण गर्छाैँ, नेतृत्व दिलाउँछाैँ ।’

भदाै ३ गते महाधिवेशन गर्ने र नेतृत्व चयन गरेर आफूहरू अगाडि बढ्ने उनकाे भनाइ छ । ‘हामीले सम्भवत: भदाै ३ गतेभित्र महाधिवेशन गर्छाैँ र नयाँ शिराबाट अगाडि बढने काेसिस गर्नेछाैँ ।’

अहिलेकाे पार्टीकाे आवश्यकता नेतृत्वभन्दा पनि निकास भएकाे उनी औंल्याउँछन्, भन्छन्— ‘निकास खाेज्छाैँ र सु-आकारमा अगाडि बढ्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *