प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीकाे माग गर्दै प्रदर्शन (भिडिओसहित)

काठमाडौँ । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =