खरानी पनि आयात हुन्छ, यो भन्दा लज्जा र चिन्ताजनक विषय के होला : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सभामुख सापकोटाले भने, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ । ’

यस क्रममा सभामुख सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए। सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नु पर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =