टीभीएसको नयाँ शोरूम ‘टोखामी अटो हब’ सञ्चालनमा

काठमाडौँ । नेपालमा टीभीएस टू–ह्वीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौँको टोखा–३, स्थुलिस्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यले मिडिया र टीभीएसका प्रतिनिधिबीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टीभीएसमा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौँ ।

ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ ।’

जगदम्बा मोटर्स प्रालि टीभीएको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ।

आज, टीभीए उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पार्ट्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *