संसदमा गणपूरक संख्या पुग्दा गडगडाहट ताली
२०७९ साउन ८ गते

फाइल तस्बिर
काठमाडौं । प्रतिनिधिसभामा आइतबार दुई पटक गणपूरक संख्याको माग भयो । कारागार विधेयक पारित गर्ने तयारी हुँदै गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरे ।
माग अनुसार यकिन गर्दा गणपूरक संख्या नपुगेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए । १५ मिनेटपछि फेरि बैठक बस्यो । दोस्रो बैठकमा पनि सांसद सुवालले गणपूरक संख्या यकिन गर्न माग गरे । दोस्रो पटक गणपूरक संख्या माग भएपछि सांसदहरूले गलल हाँसेर खिन्नता प्रकट गरे ।
सभामुखले गणपूरक ंख्या यकिन गर्न निर्देश गरे । त्यसपछि सभामुखले गणपूरक संख्याका लागि २७५ सदस्यमध्ये एक चौथाई ६९ सांसद उपस्थित हुनुपर्नेमा ७१ सांसद उपस्थित रहेको रिजल्ट सुनाए । त्यसपछि सांसदहरूले गडगडाहट ताली बजाएर गणपूरक संख्या पुगेकोमा खुसी व्यक्त गरे ।
२०७९ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








